कोरोनाभाइरसबाट भारतमा पछिल्लो २४ घण्टामा २ लाख ६१ हजारभन्दा बढी सङ्क्रमित भएका छन् ।
‘एकै दिनमा यति धेरै सङ्क्रमित भएको यो पहिलो पटक हो’, एक सरकारी उच्च अधिकारीले आइतबार भने ।
उनीहरुका अनुसार पछिल्लो २४ घण्टामा भारतमा २ लाख ६१ हजार ५०० जना नयाँ सङ्क्रमित थपिएका छन् ।
त्यसैगरी सोही अवधिमा भारतमा १ हजार ५०१ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको पनि केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
पछिल्लो विवरणसँगै भारतमा कोरोनाभाइरसबाट कुल मृतकको सङ्ख्या १ लाख ७७ हजार १५० पुगेको देखिएको छ ।
त्यसैगरी कोरोनाभाइरसबाट अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या १ करोड ४७ लाख ८८ हजार १०९ पुगेको मन्त्रालयले जनाएको छ ।
भारतमा अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या भने १८ लाख १ हजार ३१६ पुगेको अधिकारीहरुले जानकारी दिएका छन् ।
पछिल्लो २४ घण्टामा १ लाख ३८ हजार ४२३ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएको विवरण मन्त्रालयले सार्वजनिक गरेको छ । योसँगै अहिलेसम्म सङ्क्रमणमुक्त भएकाहरुको कुल सङ्ख्या १ करोड २८ लाख ९ हजार ६४३ पुगेको छ ।
भारतमा शनिबार मात्रै १५ लाख ६६ हजार ३९४ जनाको कोरोना परीक्षण गरिएको भारतीय मेडिकल रिसर्च काउन्सिलले जनाएको छ ।
अप्रिल १७ सम्म कुल २६ करोड ६५ लाख ३८ हजार ४१६ जनाको कोरोना परिक्षण गरिएको पनि काउन्सिलले उल्लेख गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।