त्रिदेशीय टि–२० अन्तर्राष्ट्रिय सिरिज : म्याक्स ओडावडको शतकमा मलेसियालाई १९२ रनको लक्ष्य

त्रिदेशीय टि–२० अन्तर्राष्ट्रिय सिरिजको दोस्रो खेलमा नेदरल्यान्ड र मलेसिया भिडिरहेका छन् । खेलको पहिलो पारी सक्किँदा नेदरल्यान्डले मलेसियालाई १९२ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको नेदरल्यान्डले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १९१ रनको योगफल तयार पारेको हो । 

नेदरल्यान्डका ओपनर म्याक्स ओडावडले आक्रामक पारी खेले । १३३ रनमा अविजित रहेका उनले ७३ बलमा १५ चौका र ६ छक्का प्रहार गरे ।

बेन कुपर २० रनमा अविजित रहँदा स्कट एडवार्डले ३१ रनको योगदान दिए । 

मलेसियाका पवनदिप सिंह र अनवर रहमानले समान १–१ विकेट लिए ।

दोस्रो पारीको चौथो ओभर सकिँदा मलेसिया २२ रनका साथ ३ विकेट गुमाएर खेलिरहेको छ ।
 





  • प्रकाशित मिति : बैशाख ५, २०७८ आइतबार १४:२०:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया