कोरोनाबाट नेपालमा ५ वर्षमुनिका १० बालबालिकाको मृत्यु

विद्यालय बन्द गर्नुपर्ने सरकारको आग्रहलाई बेवास्ता गरिरहेका बेला नेपालमा कोरोनाबाट १० जना बालबालिकाको मृत्यु भएको विवरण सार्वजनिक भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमका अनुसार हालसम्म कोरोना संक्रमणबाट ५ वर्षमुनिका १० जना बालबालिकाले ज्यान गुमाएका हुन्। 

गौतमका अनुसार नेपालमा हालसम्म ३ हजार  ५ सय ६५ जना ५ वर्षमुनिका बालबालिका संक्रमित भएका छन्। अहिलेकै अवस्थामा पनि ५१ जना ५ वर्षमुनिका बालबालिकाको उपचार भइरहेको  उनले बताए।

कोरोनाको दोस्रो लहर चलेपछि काठमाडौंस्थित कान्ति बाल अस्पतालमा मात्रै २२ जना बालबालिका उपचारका लागि पुगेका थिए। जसमा २ जना कोरोना संक्रमित बालबालिकाको  उपचारका क्रममा ज्यान गएको थियो। 
 





  • प्रकाशित मिति : बैशाख ५, २०७८ आइतबार १६:५२:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया