कर्णालीका नयाँ मन्त्रीकाे सपथ ग्रहण साँझ ६ बजे

कर्णाली प्रदेशमा शनिबार नियुक्त भएका मन्त्रीहरूलाई आज (आइतबार) साँझ ६ बजे सपथ ग्रहण गर्ने भएका छन् । प्रदेश प्रमुखको कार्यालय सुर्खेतले ६ बजे सपथ ग्रहणको कार्यक्रम रहेको जानकारी दिएको छ । यसअघि शनिबार साँझ मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिमण्डल विस्तार गरेका थिए । नयाँ मन्त्री भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नन्दसिंह बुढा, भौतिक पूर्वाधार विकास मन्त्रीमा अमरबहादुर थापा र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा कुर्मराज शाही छन् ।

मन्त्री बनेका सबै एमाले माधवकुमार नेपाल समूहका हुन् । तीन जनाले शुक्रबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थिए । पार्टीको ह्विप विपरीत मुख्यमन्त्रीलाई मत दिएपछि नेकपा एमाले प्रदेश कमिटीले तीन जना सांसदलाई शनिबार पार्टीबाट निष्कासित गरिसकेको छ । 

यसैबीच आइतबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीसँग भेटवार्ता गरेका छन् । भेटमा नयाँ मन्त्रिमण्डल बिस्तारको बारेमा मुख्यमन्त्रीले जानकारी गराएका थिए ।





  • प्रकाशित मिति : बैशाख ५, २०७८ आइतबार १६:५३:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया