कोरोना नियन्त्रणमा सङ्घीय सरकारले सहयोग गरेन : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले तत्काल प्रदेश सरकार परिवर्तन नहुने बताएका छन् । 

नेपाल पत्रकार महासङ्घ कैलाली शाखाद्वारा आयोजित निर्वाचित पदाधिकारीको पदस्थापन कार्यक्रममा उनले केही सञ्चारमाध्यममा सरकार परिवर्तनको चर्चा आइरहे पनि त्यस विषयमा कुनै छलफल नभएको बताए । 

पछिल्लो परिस्थिति जटिल बनेको जनाउँदै उनले केन्द्रको असर अहिले प्रदेशमा पनि देखिएको विचार व्यक्त गरे । मुख्यमन्त्री भट्टले कोरोना महामारी नियन्त्रणमा सङ्घीय सरकारबाट सहयोग नभएको आरोप लगाए । 

भारतबाट नेपाली ल्याउने, सीमामा अलपत्र परेकालाई उद्धार गर्ने, परीक्षणको दायरा बढाउने तथा अस्पताल स्थापना र औषधिको व्यवस्थापनमा सङ्घीय सरकारबाट असहयोग भएको उनको आरोप थियो ।  





  • प्रकाशित मिति : बैशाख ५, २०७८ आइतबार १७:०:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया