केन्द्रीय समिति बैठक तत्काल रोक्न एमाले अनुशासन आयोगको आग्रह

एमाले अध्यक्ष केपी ओलीले बोलाएको केन्द्रीय समिति (महाधिवेशन आयोजक समिति) बैठक तत्काल रोक्न एमाले केन्द्रीय अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहोराले आग्रह गरेका छन् । 

आइतबार विशेष ध्यानाकर्षण पत्र जारी गर्दै बोहोराले यस्तो आग्रह गरेका हुन् । बोहोरा एमालेको झलनाथ खनाल र माधव नेपाल पक्षका नेता हुन् । 

‘२०७८ वैशाख ६ गते आयोजक कमिटीको बैठक भनेर स्थितिलाई थप असहज बनाउने काम गरिँदै छ । यसलाई तत्काल रोक्नुपर्दछ,’ बिग्रिरहेको स्थितिलाई सुधार गर्न विविध उपाय खोज्नुपर्ने बेला भएको भन्दै उनले पत्रमा लेखेका छन्, ‘उत्तेजना, आवेग र अभिमान हावी भएर कुनै पनि निर्णय गर्नुहुँदैन । पार्टीमा संयम, धैर्यता र सुझबुझ राखेर निर्णय गर्नुपर्दछ ।’

बोहोराले मेरो गोरुको बाह्रै टक्का भनेर ढिपी कसैले गर्न नहुने भन्दै एउटा पक्ष मात्र सामेल भएर गरेको २०७७ फागुन २८ गतेको एकतर्फी निर्णयलाई विनासर्त फिर्ता गर्न आग्रह गरेका छन् । 

पार्टीलाई पुनः एकताबद्ध बनाउन विधिविपरीत कमिटीमा थप गर्ने र हटाउने गरी भएका सबै निर्णय सच्याउन उनले आग्रह गरेका छन् । 





  • प्रकाशित मिति : बैशाख ५, २०७८ आइतबार १७:२०:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया