कर्णाली प्रदेशका तीन मन्त्रीले लिए शपथ

कर्णाली प्रदेशमा शनिबार नियुक्त भएका तीनजना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार साँझ ६ बजे प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले उनीहरुलाई शपथ ग्रहण गराएका हुन् । 

मन्त्री बनेका तीनै जना एमालेको माधवकुमार नेपाल समूहका हुन् । तीनैजनाले शुक्रबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थिए । पार्टीको ह्विपविपरीत मुख्यमन्त्रीलाई मत दिएपछि नेकपा एमाले प्रदेश कमिटीले तीनजनालाई पार्टीबाट निष्कासित गरिसकेको छ । 

पूर्वमन्त्री प्रकाश ज्वालालाई कारबाहीका लागि केन्द्रमा सिफारिस गरेको छ । चारैजना प्रदेशसभा सदस्य भएकाले चारैजनालाई कारबाहीका लागि सिफारिस गरिएको छ ।

आज शपथ लिने नयाँ मन्त्रीहरुमा भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री नन्दसिंह बुढा, भौतिक पूर्वाधार विकासमन्त्री अमरबहादुर थापा र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कुर्मराज शाही छन् ।





  • प्रकाशित मिति : बैशाख ५, २०७८ आइतबार १९:३२:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया