कोरोना संक्रमित सुर्खेतकी ५८ वर्षीया महिलाको मृत्यु

कोरोना संक्रमित सुर्खेतकी ५८ वर्षीया एक महिलाको मृत्यु भएको छ । उपचारको क्रममा प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको हो । गुर्भाकोट नगरपालिका ९ स्थायी निवास भएकी उनी गम्भीर अवस्थामा वैशाख २ गते प्रदेश अस्पतालमा भर्ना भएकी थिइन् ।

वैशाख तीन गते कोरोना पुष्टि भएपछि भेन्टिलेटरमा राखेर उनको उपचार भइरहेको थियो । उपचारका क्रममा उनको मृत्यु भएको प्रदेश अस्पतालका कोरोना फोकल पर्सन डा. केएन पौडेलले जानकारी दिए । योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमण पुष्टि भएका मध्ये ३१ जनाको मृत्यु भएको छ ।
 





  • प्रकाशित मिति : बैशाख ५, २०७८ आइतबार १९:४०:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया