त्रिदेशीय टि-२० अन्तर्राष्ट्रिय सिरिज : नेपाल र मलेसिया खेल्दै

त्रिदेशीय टि-२० अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत तेस्रो खेलमा सोमबार नेपाल र मलेसिया प्रतिस्पर्धा गर्दैछन् ।

खेल त्रिवि क्रिकेट मैदानमा दिउँसो सवा १ बजेबाट सुरु हुनेछ ।

नेपाल ज्ञानेन्द्र मल्ल र मलेसिया अहमद फैजको कप्तानीमा मैदानमा उत्रिने छन् । 

घरेलु दर्शकको राम्रो साथ पाएको नेपाल लगातार दोस्रो जित निकाल्ने प्रयासमा हुनेछ । उसले पहिलो खेलमा नेदरल्यान्डलाई ९ विकेटले पराजित गरेको थियो ।

मलेसिया पनि प्रतियोगितामा पहिलो जित दर्ता गर्ने प्रयासमा हुनेछ । उसले पहिलो खेलमा नेदरल्यान्डसँग १५ रनको पराजय बेहोरेको थियो । 

वैशाख ११ सम्म चल्ने प्रतियोगितामा नेपाल, नेदरल्यान्ड र मलेसियाको सहभागिता छ । 



डबल राउन्ड रोविनका आधारमा सञ्चालन हुने प्रतियोगिताका शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । 

नेपाल भर्सेस मलेसिया ‘हेड टु हेड’



नेपाल र मलेसिया चिरपरिचित प्रतिद्वन्द्वी हुन् । यी दुईले हालसम्म ८ टि-२० खेलेका छन् । जसमा समान ४-४ टि-२० र टि-२० अन्तर्राष्ट्रिय खेल सामेल छन् ।

नेपालले ८ खेल मध्ये ६ खेलमा जित दर्ता गर्दा मलेसियाले २ खेल आफ्नो पक्षमा पारेको छ । 

नेपाल र मलेसियाले एक अर्काविरुद्ध पहिलो टि-२० सन् २००७ मा खेलेका थिए । एसिसी टि-२० कप अन्तर्गत भएको उक्त खेलमा नेपाल १२ रनले विजयी भएको थियो ।

नेपाल र मलेसियाको दोस्रो भेट सन् २००९ मा एसिसी टि-२० कप अन्तर्गत नै भएको थियो । यो खेलमा भने नेपालले ६ विकेटको पराजय बेहोरेको थियो । 

सन् २०१९ मा आइसिसी टि-२० विश्वकप एसिया फाइनलको तयारीका लागि नेपाले मलेसिया भ्रमण गर्‍यो ।

दुई मैत्रीपूर्ण खेलको सिरिजमा दुवै खेल नेपालले आफ्नो पक्षमा पारेको थियो । नेपालले पहिलो खेलमा ७ विकेट र दोस्रो खेलमा ६ रनको जित दर्ता गर्‍यो । 

यी दुईले अन्तिमपटक सन् २०२० मा एसिसी इस्टर्न रिजन टि-२० मा एक अर्काको सामना गरेका थिए । यो खेल नेपालले २२ रनले गुमाएको थियो ।
 

  • प्रकाशित मिति : बैशाख ६, २०७८ साेमबार ८:४६:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया