नेकपा एमालेको माधव नेपाल समूह पुनः निर्वाचन आयोग गएको छ । ०७७ फागुन २८ र चैत ७ गते गरेका सबै निर्णय अवैधानिक भएको भन्दै त्यसको बदर गरेर पार्टी जोगाउन आफूहरु निर्वाचन आयोग गएको नेपाल समूहका नेता राजेन्द्र पाण्डेले जानकारी दिए ।
फरकधारसँग संक्षिप्त कुराकानी गर्दै उनले आफू र स्थायी कमिटी सदस्य वेदुराम भुसाल निर्वाचन आयोग गएको बताए । ‘म र वेदुराम भुसाल गएका थियौँ । विशेषगरी सर्वोच्च अदालतको दोस्रो फैसलापछि पार्टीलाई ०७५ साल जेष्ठ २ गतेकै अवस्थामा पुर्याउने जे निर्णय भयो त्यो निर्णयको विरुद्ध केपी शर्मा ओलीले काम गरिरहे,’ उनले भने, ‘ती निर्णय बदर गरिपाऊँ भनेर हामीले निर्वाचन आयोगमा निवेदन दिएका छौँ ।’
राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३ र ४४ अनुसार कारबाही प्रक्रिया अघि बढाउन समेत माग गरिएको उनले बताए ।
यस्तो छ पत्र :
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।