सरकारलाई दिएको समर्थन फिर्ता लिन माओवादीले बोलायो स्थायी समिति बैठक

नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दैछ । सरकारलाई दिएको समर्थन फिर्ता गर्नका लागि चौतर्फि दवाव परेको अवस्थामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छलफल गर्नका लागि बैठक राखेका हुन् । 

आजको बैठकले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिता लिने निर्णय गर्ने स्रोतको दावी छ । आजको बैठकले समसामयिक राजनीतिक परिस्थितिमाथि पनि समीक्षा गर्ने तयारी छ । 

नेकपा एमाले र माओवादीको केन्द्र अलग अलग भएपछि ओलीसँग प्रचण्डको दूरी अझै बढेको छ । जसको असर गण्डकी र लुम्बिनी प्रदेशमा देखिइसकेको छ ।

देश दौडाहामा रहेका प्रचण्डले यसअघि नै चितवनमा भाषणको क्रममा ओली नेतृत्वको सरकार केही दिनका लागि मात्रै भएको टिप्पणी गरेका थिए ।





  • प्रकाशित मिति : बैशाख ६, २०७८ साेमबार ७:२८:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया