बालुवाटारमा मन्त्रिपरिषद बैठक, कोरोना संक्रमण नियन्त्रण मुख्य एजेण्डा
फाइल तस्बिर

कोरोना संक्रमण नियन्त्रणलाई मुख्य एजेण्डा बनाएर मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा बैठक सुरु भएका हो । 

आज बिहान ९ बजेका लागि बोलाइएको बैठक भर्खर सुरु भएको हो । समसामयिक विषयमा तथा कोरोना रोकथामका लागि सिसिएमसीले गरेको सिफारिसका विषयमा छलफल तथा निर्णय लिनका लागि बैठक बसेको हो । 

आजको बैठकले कोरोना संक्रमणबाट जोगाउन र त्यसलाई नियन्त्रणमा लिनका लागि आवश्यक निर्णयहरु गर्ने बताइएको छ । सिसिएमसीले यसअघि नै रात्रिकालीन व्यवसाय बन्द गर्नेदेखि विद्यालय बन्द गर्नेसम्मका सुझावसहित सिफारिस गरिसकेको छ । 

आजको बैठकमा संसदको चालु अधिवेशन अन्त्य गर्ने विषयमा पनि छलफल हुनसक्ने बताइएको छ । यसैबीच नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरिरहेको छ ।

मन्त्रिपरिषद्को बैठक लगत्तै एमालेको केन्द्रीय समिति बैठक बस्दैछ । प्रधानमन्त्री तथा अध्यक्ष ओलीले बालुवाटारमै बैठक राखेका छन् । 

जसका लागि आजै माओवादी केन्द्रको स्थायी समिति बैठक डाकिएको छ । कर्णालीमा एमालेकै माधव नेपाल पक्षका सांसदहरुले फ्लोर क्रस गरेपछि केन्द्रमा पनि सोही नियत दोहोरिने देखिएकाले माओवादी समर्थन फिर्ता लिन तयार भएको स्रोतको दावी छ ।





  • प्रकाशित मिति : बैशाख ६, २०७८ साेमबार ९:५८:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया