मुख्य न्यायाधीशद्वय सुवेदी र चुँडाल सर्वोच्च अदालतमा नियुक्त

उच्च अदालतका मुख्य न्यायाधीशद्वय डा. कुमार चुँडाल र नहकुल सुवेदी सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त भएका छन्। न्याय परिषद्को सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले चुँडाल र सुवेदीलाई  सोमवार सर्वोच्चको अदालतको न्यायाधीशमा नियुक्त गरेकी छन्।

न्याय परिषद्ले फागुन २८ गते चुँडाल र सुवेदीलाई सर्वोच्चको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो। संसदीय सुनुवाइ समितिमा परेका उजुरीमाथि छानबिनपछि उनीहरुलाई सर्वोच्चमा जाने बाटो खुलेको थियो। 

संसदीय सुनुवाइ समितिले दुवैजनालाई शुक्रवार सर्वसम्मत अनुमोदन गरेपछि राष्ट्रपति भण्डारीले संविधानको धारा १२९ को उपधारा (२) बमोजिम नियुक्त गरेकी हुन्। 

यसअघि चुँडाल उच्च अदालत पाटनका मुख्य न्यायाधीशका रुपमा थिए भने सुवेदी कर्णाली प्रदेशको सुर्खेतमा मुख्य न्यायाधीशका रुपमा कार्यरत थिए।





  • प्रकाशित मिति : बैशाख ६, २०७८ साेमबार १३:२४:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया