logo-img

लुम्बिनीमा अविश्‍वास हालेका जसपा सांसद दुई घण्टामै 'यू टर्न', आजै मन्त्रिमण्डल पुनर्गठन

लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव हालेका जनता समाजवादी पार्टीका सांसदहरु दुई घण्टामै 'यु टर्न' भएका छन्। 

माओवादी र नेपाली कांग्रेसको नेतृत्वमा अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका जसपा सांसदहरु सन्तोष पाण्डे, विजय यादव र सुमन शर्मा रायमाझी दुई घण्टामै 'यु टर्न' हुँदै  मुख्यमन्त्री पोखरेलकै पक्षमा उभिएका हुन्। 

जसपा सांसद कल्पना पाण्डेले भने अविश्वास प्रस्तावमा हस्ताक्षर गरेकी थिइनन्। पोखरेलविरुद्ध हस्ताक्षर गर्ने जसपका ६ जना सांसदहरु उपेन्द्र यादव नेतृत्वको पक्षका थिए।  

जसपा सांसदहरु 'यु टर्न' भएसँगै अविश्वास प्रस्ताव सामना गरेकै दिन पोखरेलले मन्त्रिमण्डल पुनर्गठन गरेका छन्। नेकपा माओवादीले सरकारबाट बाहिरिने निर्णय लिएपछि अविश्वास दर्ता भएको थियो। त्यसपछि माओवादीले समर्थन फिर्ता लिएर दुई मन्त्रीले राजीनामा दिएका थिए। 



पोखरेलले आफूलाई साथ दिएका  जसपाकै सांसदहरुलाई मन्त्री बनाउन लागेका हुन्। उनले माओवादी मन्त्रीले राजीनामा दिएको स्थानमा दुई जना र एउटा मन्त्रालय फुटाएर अर्का सांसदलाई मन्त्री बनाउन लागेका हुन्। 



सोमवार मात्रै माओवादी, कांग्रेस र जसपाका ४१ जना सांसदहरुले प्रदेशसभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गराएका थिए। पोखरेलको साथ छाड्दै राजीनामा दिनेहरूमा आन्तारिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसी र सामाजिक विकासमन्त्री सुदर्शन बराल थिए।



  • प्रकाशित मिति : वैशाख ६, २०७८ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया