नेपालसहित २० जनामाथि थप कारबाही, अन्तिम चेतावनीसहित स्पष्टीकरण माग

एमाले महाधिवेशन आयोजक कमिटीको सोमबार बालुवाटारमा बसेको बैठकले माधव नेपालसहितका केन्द्रका चार निलम्बित नेता तथा प्रकाश ज्वालालगायत कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने ५ जनालाई अन्तिम चेतावनीसहितको स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

बैठकले प्रकाश ज्वालासहितका सांसद र ‘फ्लोर क्रस’ गर्न लगाउने थप २० जनालाई २ दिनको समयसीमासहित अन्तिम स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । 

नेताहरु भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, प्रकाश ज्वालासहित ५ जना नेताहरुलाई अन्तिम चेतावनीपूर्वक स्पष्टीकरण सोध्ने एमालेले निर्णय गरेको एक केन्द्रीय सदस्यले जानकारी दिए । उनीहरूले चित्तबुझ्दो स्पष्टीकरण नदिएमा १० गतेको बैठकले कारवाही गर्ने बताइएको छ ।
 
कानुनबमोजिम मनासिव माफीको सफाइ पेस गर्ने मौका दिनका लागि २ दिनको अन्तिम चेतावनीसहितको स्पष्टीकरण मागिएको एक नेताले बताए । त्यसपछि माधव नेपालसहितका नेताहरूमाथि थप कडा कारबाही हुने अध्यक्ष ओलीले बताए ।





  • प्रकाशित मिति : बैशाख ६, २०७८ साेमबार १६:४६:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया