स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा थप १ हजार २ सय ८१ जनामा कोरोना पुष्टि भएको छ ।
सात हजार १ पिसिआर परीक्षणमा १ हजार २ सय २७ र ५ सय ४७ वटा एन्टिजेन परिक्षणका क्रममा थप ५४ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
हाल नेपालमा सात हजार २५४ जना आइसोलेसन र ८१ जना क्वारेन्टाइनमा छन् भने हालसम्म २३ लाख ५२ हजार ५०२ वटा पिसिआर परीक्षण गरिएको छ ।
नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ८५ हजार ९ सय पुगेको छ । त्यस्तै, थप ८ जनाको कोरोना कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
योसँगै हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या तीन हजार ९१ पुगेको छ । नेपालमा थप २ सय ५५ जना कोरोनामुक्त भएका छन् भने हालसम्म नेपालमा दुई लाख ७५ हजार ५५५ जना संक्रमित निको भएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।