देउवाको कटाक्ष : केपी ओली भारतको टाङमुनि छिरिसके, त्वंशरणम् भइसके

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली भारतको टाङमुनि छिरिसकेको भन्दै कटाक्ष गरेका छन्।

नेविसंघको ५२ औं स्थापना दिवसका अवसरमा काठमाडौंको बाल्मिकी विद्यापीठमा आयोजित नेविसंघ केन्द्रीय समितिको स्थापना दिवस कार्यक्रममा बोल्दै उनले यस्तो भनेका हुन्। 

'राष्ट्रवादी बनेर चुनाव जितेका ओली अहिले भारतको टाङमुनि छिरिसकेका छन्', देउवाले भने, ‘हिजो सबैभन्दा राष्ट्रवादी बताउने ओली आज भारतको तुमशरणम् भइसके। भारतविरोधी नाराबाट जितेका ओली अहिले भारतको टाङमुनि छिरिसके, कहाँ छ त्यो राष्ट्रवाद? त्यसकारण उनीहरू राष्ट्रवादी होइनन्।'

देउवाले फेरि एक पटक केपी ओली नेतृत्वको सरकार बहुमतमै रहेको बताएका छन्। नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता नगरिसकेकाले ओली बहुमतमै रहेको उनले  बताए। ‘प्रचण्डले ओलीको समर्थन अझै फिर्ता गरेका छैनन्', उनले भने, 'उता जसपाले पनि  ओलीलाई सघाउन खोज्दैछ।'

 नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिएसम्म नयाँ सरकार बन्‍न नसक्ने पनि उनले बताएका छन् । ओलीलाई हटाउन खोजिए पनि अझै सम्भव नरहेको उनले बताए। देउवाले कोरोना महामारी भए पनि कांग्रेसको महाधिवेशन गर्ने चुनौती रहेको पनि बताएका छन्। 





  • प्रकाशित मिति : बैशाख ६, २०७८ साेमबार १७:३६:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया