एमाले बैठकमा ओलीको प्रतिवेदन : ताजा जनादेश नै उपयुक्त विकल्प

नेपाल कम्युनिस्ट पार्टी (एमाले)को सोमबार बसेको दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको पहिलो बैठक सम्पन्न भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सो पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले संगठनात्मक प्रस्ताव पेस गरेका थिए ।  

ओलीले पेस गरेको राजनीतिक प्रतिवेदनमा पार्टी एकीकरण, पार्टीमा उत्पन्न संकट र पार्टी एकीकरणको अन्त्य (तीन वर्ष)को बारेमा समीक्षात्मक विश्लेषण प्रस्तुत गरिएको छ । 

प्रधानमन्त्रीबाट ताजा जनादेशका लागि गरिएको प्रतिनिधि सभा विघटन मुलुकको राजनीति र संसदभित्रको अवस्थालाई गम्भीरताका साथ ख्याल गर्दै चालिएको कदमका रुपमा प्रतिवेदनमा उल्लेख गरिएको छ । 

मुलुकको राजनीति सकारात्मक दिशामा अगाडि बढाउनका लागि पनि ताजा जनादेश नै उपयुक्त विकल्प हुने कुरा प्रतिवेदनमा उल्लेख छ । 

पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतत्वमा तीन वर्ष सरकार सञ्चालन गर्दाका अनुभव, संविधान कार्यान्वयन र संघीयताको सुदृढीकरणका लागि, पृथकतावाद र हिंसात्मक द्वन्द्वको अन्त्यका लागि महत्वपूर्ण काम भएको दाबी गरिएको छ । 

प्रतिकूलताका बीचमा पनि नेपाललाई विकासशील देशमा स्तरोन्नति गर्न र आशलाग्दो आर्थिक वृद्धिदर हासिल गर्न सरकारबाट सराहनीय प्रयत्न भएको, उत्साहजनक बाह्य सम्बन्ध, दीर्घकालीन महत्वका पूर्वाधारको निर्माण, शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा भएका महत्वपूर्ण काम भएको ओलीको दाबी छ । 





  • प्रकाशित मिति : बैशाख ६, २०७८ साेमबार १८:५३:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया