कीर्तिपुरमा जारी त्रिदेशीय क्रिकेट खेलमा दर्शकलाई निषेध

नेपाल क्रिकेट संघ (क्यान)ले कीर्तिपुरमा जारी त्रिदेशीय सिरिजअन्तर्गतका बाँकी खेलमा दर्शकलाई निषेध गरेको छ । 

क्यानका सचिव अशोकनाथ प्याकुरेलले सोमबार विज्ञप्ति जारी गर्दै सरकारको निर्णयअनुसार दर्शकलाई प्रवेश निषेध गरिएको जानकारी दिएका छन् । 
 
सोमबारको मन्त्रिपरिषद्को बैठकले सार्वजनिक कार्यक्रममा २५ जनाभन्दा बढी व्यक्ति उपस्थित नहुन, दर्शकसहितको खेलकुद प्रतियोगिता सञ्चालन गर्न नपाइने आदेश जारी गरे सँगै नेपाल क्रिकेट संघले यो निर्णय गरेको हो । 

यो निर्णयसँगै आमनेपाली क्रिकेटका समर्थकमा पर्न गएको असुविधाप्रति क्यानले क्षमा याचना गरेको छ । 





  • प्रकाशित मिति : बैशाख ६, २०७८ साेमबार २०:४४:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया