इन्डियन प्रिमियर लिग(आइपिएल) को गएराति भएको खेलमा चेन्नई सुपर किंग्सले जित हात पारेको छ । चेन्नईले राजस्थान रोयल्सलाई ४५ रनले पराजित गरेको हो ।
मुम्बईमा भएको खेलमा राजस्थानले टस जितेर बलिङ राजेको थियो । पहिले ब्याटिमा उत्रिएको चेन्नईले २० ओभरमा ९ विकेट गुमाउँदै १८८ रन बनायो । १८९ रनको विजय लक्ष्य पाएको राजस्थान २० ओभरमा ९ विकेट गुमाएर १४३ रनमा सीमित भयो।
राजस्थानका लागि ओपनर जो बटलरले बनाएको ४९ रन नै सर्वाधिक रन बन्यो । ३५ बलको सामाना गरेका बटरलरले ५ चौका र २ छक्का प्रहार गरे । त्यसपछि दोस्रो बढी स्कोर बनाउनेमा ९औँ नम्बरमा ब्याटिङमा आएका जयदेव उनादकट रहे उनले १७ बलमा २४ रन बनाएका थिए । त्यसपछि राहुल तेवाटियाले २० रन बनाए ।
सुरुदेखि नै चेन्नईका बलरले विकेट लिएर राजस्थानका ब्याट्सम्यानलाई खुलेर खेल्न दिएनन् । चेन्नईका लागि सबैभन्ना उत्कृष्ट बलिङ माइन अलीले गरे । ३ ओभर बलिङ गरेका उनले जम्मा ७ रन दिएर ३ विकेट लिए । अली यस खेलको म्यान अफ दी म्याच पनि बने । उनीपछि साम करण र रविन्द्र जडेजाले २–२ विकेट हात पारे ।
पहिलो इनिङमा चेन्नईका लागि कुनैपनि ब्याट्सम्यानले उच्च स्कोर बनाउन सकेका थिएनन् । ओपनर फाफ डुप्लेसिसले बनाएको ३३ रन नै चेन्नईका लागि सर्वाेधिक स्कोर थियो । तर अधिकांश ब्याट्सम्यानले रन जोड्दा चेन्नईको राम्रो स्कोर बनेको हो । अम्बाती रायडुले १७ बलमा २७ रन, मोइन अलीले २० बलमा २६ रन, ब्राभोले ८ बलमा २० रन, सुरेश रैना र धोनीले १८–१८ रन बनाए ।
११ ब्याट्सम्यान मध्ये ८ जनाले दोहोर अंकको स्कोर बनाएका थिए । रविन्द्र जडेजा ८ र सार्दुल ठाकुर १ रनमा आउट हुँदा अन्तिममा क्रिममा आएका दीपक चहरले कुनै बल सामान गर्ने अवसर पाएनन् ।
राजस्थानका लागि चेतन सकारियाले ३ र क्रिम मोरिसले २ विकेट लिए ।
यो जितपछि ३ खेल खेल्दा ४ अंक जोडेको चेन्नई अंक तालिकाको दोस्रो स्थानमा उकिलएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।