अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा) मंगल ग्रहमा हेलिकप्टर उडाउन सफल भएको छ। नासाले सफल रुपमा सानो आकारको हेलिकप्टर मंगल उडाएको हो।
इन्जेनुएटी नाम गरेको ड्रोन एक मिनेट भन्दा कम समय मंगल ग्रहमा उडेको नासाले जनाएको छ। मंगल ग्रहमा रहेको स्याटेलाइटले पठाएको सूचनाले हेलिकप्टर उडेको पुष्टि गरेको हो।
नासाले स्याटेलाइट प्राप्त ड्रोन उडेको भिडियो सोमबार सार्वजनिक गरेको छ।
नासाले गत फेब्रुअरीमा मंगल ग्रहमा पठाएको अन्तरिक्ष यानमा सो हेलिकप्टर पठाइएको थियो।
यसरी पृथ्वी बाहेकको ग्रहमा हेलिकप्टर उडाउने यो पहिलो प्रयास हो। आगामी दिनमा यस भन्दा ठूलो आकारको हेलिकप्टर पठाउने योजना नासाले सुनाएको छ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।