त्रिदेशीय टि–२० सिरिज : नेपाललाई फाइनल पुग्ने अवसर

त्रिदेशीय टि–२० अन्तर्राष्ट्रिय सिरिजको चौथो खेलमा मंगलबार नेपाल र नेदरल्यान्ड प्रतिस्पर्धा गर्दैछन्।  खेल त्रिवि क्रिकेट मैदानमा दिउँसो सवा १ बजेबाट सुरु हुनेछ।

नेपाल ज्ञानेन्द्र मल्ल र नेदरल्यान्ड पिटर सिलारको कप्तानीमा मैदानमा उत्रिने छन् प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरिरहेको नेपाल लगातार तेस्रो जित निकनल्दै एक खेल अगावै फाइनल पुग्ने दाउमा हुनेछ।

नेपालले पहिलो खेलमा नेदरल्यान्ड र दोस्रो खेलमा मलेसियालाई समान ९ विकेटले पराजित गरेको थियो।नेदरल्यान्ड पनि पहिलो खेलमा नेपालसँग व्यहोरेको हारको बदला लिँदै लगातार दोस्रो जित हात पार्ने प्रयासमा हुनेछ। 

उसले दोस्रो खेलमा मलेसियालाई १५ रनले हराएको थियो। बैशाख ११ सम्म चल्ने प्रतियोगितामा नेपाल, नेदरल्यान्ड र मलेसियाको सहभागिता छ। डबल राउन्ड रोविनका आधारमा सञ्चालन हुने प्रतियोगिताका शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। 

नेपाल भर्सेस नेदरल्यान्ड ‘हेड टु हेड’

नेपाल र नेदरल्यान्ड चिरपरिचित प्रतिद्वन्द्वी हुन्। यी दुईले हाल सम्म ९ टि–२० खेलेका छन्। जसमा २ टि–२० र ७ टि–२० अन्तर्राष्ट्रिय खेल सामेल छन्।



नेपालले ९ खेल मध्ये ३ खेलमा जित दर्ता गर्दा नेदरल्यान्ड्सले ५ खेल आफ्नो पक्षमा पारेको छ। १ खेल वर्षाका कारण रद्द भएको छ। 

नेपाल र नेदरल्यान्डले एक अर्का विरुद्ध पहिलो टि–२० सन् २०१२ मा खेलेका   थिए। आइसिसी टि–२० विश्वकप छनोट अन्र्तगत भएको उक्त खेलमा नेदरल्यान्ड्स ४ विकेटले विजयी भएको थियो। 



सन् २०१४ को विश्वकप खेलेपछि पाएको टि–२० मान्यतापछि नेपालले नेदरल्यान्डको भ्रमण गर्‍यो।   ४ खेलको यो टि–२० सिरिज नेपालको पहिलो अन्तराष्ट्रिय सिरिज थियो। यो सिरिज नेपालले ३–१ ले गुमायो। 

सिरिजको पहिलो खेल १८,दोस्रो खेल १०२ र तेस्रो खेल १७ रनले गुमाएको नेपालले चौथो खेलमा भने ४ विकेटको जित हात पार्‍यो। यो नेपालले नेदरल्यान्ड्स विरुद्ध निकालेको पहिलो जित थियो। 

यी दुईले अन्तिमपटक यही सिरिजको पहिलो खेलमा एक अर्काको सामना गरेका थिए। यो खेलमा नेपालले ९ विकेटको सहज जित दर्ता गरेको थियो। 
 

  • प्रकाशित मिति : बैशाख ७, २०७८ मंगलबार ११:८:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया