नेपाली बजारमा लगातार बढेको सुनको मूल्य चार दिनपछि सामान्य गिरावट आएको छ।
अघिल्लो दिनको भन्दा तोलामा ३ सय रुपैयाँले घटेर मंगलबारका लागि छापावाल सुनको बजार मूल्य ९० हजार ७ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार तेजाबी सुन प्रतितोला ९० हजार २ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
सोमबार तोलामा ३ सय रुपैयाँले बढेर प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य भने चार दिनसम्म प्रतितोला १ हजार ३ सय रुपैयाँमा स्थिर छ।
अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुन प्रतिऔंस १७७१.९२ डलर र चाँदी प्रतिऔंस २५ .९४ डलरमा कारोबार भएको छ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।