फुटबल जोगाउन युरोपियन सुपर लिगको अवधारणा ल्याइएको हो : पेरेज

युरोपका शीर्ष १२ टोलीले संयुक्त विज्ञप्ति निकाल्दै युरोपियन सुपर लिगको घोषणा गरे । जसमा ६ इङ्लिस र समान ३–३ इटालियन र स्पेनिस क्लब थिए । 

ठूला क्लबको यो निर्णयबाट विश्व फुटबल तरङ्गित बन्यो । अहिले यसको बारेका विभिन्न टिका टिप्पणी हुन थालेका छन् ।

केही फुटबल समर्थक यसको पक्षमा छन् भने केही विरोधमा । युइएफए र फिफा युरोपियन सुपर लिगमा सहभागी हुने क्लबका खेलाडीलाई आफ्ना प्रतियोगितामा प्रतिबन्ध लगाउने तयारीमा छन् ।

यसैबीच सुपर लिगको अवधारणा ल्याउने १२ क्लबमध्ये स्पेनिस क्लब रियल मड्रिडका अध्यक्ष तथा सुपर लिगका प्रमुख फ्लोरिन्टिनो पेरेजले फुटबललाई जोगाउन युरोपियन सुपर लिगको अवधारणा ल्याइएको बताएका छन् । 

‘युइएफले अर्कै अवधारणामा प्रतियोगिता गर्दैछ । यसले फुटबल क्लबलाई आवश्यक आम्दानी हुँदैन’, पेरेजले भने, ‘त्यसैले फुटबल जोगाउन हामीले युरोपियन सुपर लिगको अवधारणा ल्याएका हौं ।’

‘कोरोनका कारण विभिन्न क्लबले आर्थिक समस्यासँग जुधिरहेका छन् । यो प्रतियोगिताले क्लबको आर्थिक अवस्था उकास्न सहयोग पुग्छ’, पेरेजले थपे, ‘यो अवधारणा क्लबलाई नै फाइदा पुर्‍याउने उद्देश्यले ल्याइएको हो ।’





  • प्रकाशित मिति : बैशाख ७, २०७८ मंगलबार १२:४६:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया