कोरोना संक्रमण बढेपछि नेपालगञ्‍जमा एकसाता लकडाउन

कोरोनाको दोस्रो लहर तीव्र गतिमा फैलिएपछि बाँकेको नेपालगञ्जमा लकडाउन गरिने भएको छ। कोरोना भाइरस रोकथाम तथा नियन्त्रण समन्वय समितिको बैठकले उक्त निर्णय गर्न लागेको हो।

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले वैशाख ९ देखि कम्तीमा एक सातालाई लकडाउन तयारी गरिएको बताए। 'लकडाउनबारे कोरोना भाइरस रोकथाम तथा नियन्त्रण समन्वय समितिको बैठकमा छलफल भइरहेको छ, यसबारे आजै निर्णय हुँदैछ', उनले फरकधारलाई भने, 'आज र भोलि उपभोग्य सामान किनमेलको समय दिएर पर्सि नौ गतेदेखि लकडाउन तयारी गरिएको छ।'

बाँकेमा सोमबार एकैदिन हालसम्मकै सबैभन्दा बढी तीन सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका कोरोना फोकल पर्सन तेज वलीका अनुसार संक्रमितमा १९८ पुरुष र १ सय २८ महिला थिए। अवस्था नियन्त्रण बाहिर जान लागेपछि स्थानीय प्रशासनले कडा निर्णय लिन लागेको हो।

सोमबार भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा २ सय १९ जना, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको प्रयोगशालामा ६६ र बागेश्वरी डाइग्नोसिस केन्द्रमा ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

सोमबार मात्र कोरोनाबाट दाङकी २० वर्षीया स्टाफ नर्स र बाँकेमा ७५ वर्षका पुरुषको निधन भएको थियो। यो सँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६१ र बाहिरी जिल्लाबाट उपचार गर्न आएका ९७ जनाको मृत्यु भइसकेको छ।
 





  • प्रकाशित मिति : बैशाख ७, २०७८ मंगलबार १४:३८:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया