त्रिदेशीय टि–२० अन्तर्राष्ट्रिय सिरिजको चौथो खेलमा अहिले नेपाल र नेदरल्यान्ड भिड्दै छन् । त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर नेपालले ब्याटिङ गरिरहेको छ।
नेपालको ५औँ विकेट गुमेको छ । युवा अलराउण्डर कुशल मल्ल ७ बलमा १८ रन बनाएर आउट भएका छन् । कुशलले ३ छक्का प्रहार गरेर १७औँ ओभरको चौथो बलमा आउट भएका हुन् ।
त्यसैगरी छैटौँ विकेटका रुपमा करण केसी आउट भएका छन् । २ बलमा १ रन बनाएका करण १८औँ ओभरको पहिलो बलमा आउट भएका हुन् । कुशल र करण दुवै क्याच आउट भएका हुन् ।
नेपालको स्कोर १८० रन पुगेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।