अजय देवगणको ओटिटीमा डेब्यु

कोरोनाका कारण बलिउड चलचित्र क्षेत्र प्रभावित भएसँगै कलाकारहरु ओटीटी प्लेटफर्मतर्फ आकर्षित हुन थालेका छन् ।

दोस्रो चरणको कोरोना फैलिएसँगै हलमा चलचित्र कहिलेदेखि रिलिज हुन्छन्, यसै भन्न सकिने अवस्था छैन । छायांकन समेत प्रभावित भएको छ ।

अन्योलको यो समय अभिनेता अजय देवगणले ओटिटीमार्फत वेव सिरिज ‘रुद्र’ मार्फत् डेब्यु गर्ने भएका छन् । आफैंले शीर्ष भूमिकामा रहेर अभिनय गर्ने वेव सिरिज ‘रुद्र’को निर्माण घोषणा गरेका छन् ।

‘रुद्र’ ब्रिटिस सो ‘लुथर’को रिमेक भर्सन हो । यो वेभ सिरिज बिबिसी इन्डिया, एपलाल इन्टरटेन्मेन्टले निर्माण गर्दै छ । वेभ सिरिज ‘रुद्र’ डिज्नी प्लस हट स्टारबाट रिलिज हुनेछ ।





  • प्रकाशित मिति : बैशाख ७, २०७८ मंगलबार १४:५२:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया