त्रिदेशीय टि–२० अन्तर्राष्ट्रिय सिरिजको चौथो खेलमा अहिले नेपाल र नेदरल्याण्ड भिड्दै छन् । त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर ब्याटिङ गरेको नेपालले नेदरल्याण्डलाई जितका लागि २०७ रनको लक्ष्य दिएको छ ।
नेपालले २० ओभरमा ६ विकेटको क्षतिमा २०६ रन बनाएको हो ।
आज पनि यसअघिका दुई खेलमा जस्तै कुशल भुर्तेल र आसिफ शेखले ओपनिङ ब्याटिङ गरेको थिए । दुई खेलमा जस्तो दुई ओपनरको ब्याटिङ जोडी चल्न सकेको नेपाले पहिलो विकेट गुमाएको छ । आसिफ शेख दोस्रो ओभरको अन्तिम बलमा क्याच आउट भएका छन् । ४ बल सामाना गरेका उनी शून्य रनमै आउट भए ।
यसभन्दा पहिले नेदरल्याण्ड विरुद्धको खेलमा २ ओपनरले पहिलो विकेटका लागि ११६ रनको साझेदारी गरेका थिए । सोमबार मलेसियाविरुद्धको खेलमा १०२ रनको साझेदारी गरेका थिए । आज यी दुई ओपनरले २० रनको मात्रै साझेदारी गरे ।
नेपालका कुन ब्याट्सम्यानले कति रन बनाए ?
कुशल भुर्तेल , ६२ रन : ४६ बल ८ चौका र १ छक्का (१४.३ आभेरमा भिभियन किंग्माले बास डि लीडबाट क्याच)
दिपेन्द्रसिंह ऐरी ६० रन : ३० बल ३ चौका र ५छक्का (१५.३ ओभरमा पिटर सिलारले टोवियस विसेबाट क्याच)
कप्तान ज्ञानेन्द्र मल्ल २० रन : १४ बल २ चौका १ छक्का (सातैं ओभरको अन्तिम बलमा पिटर सिलारले बास डि लीडबाट क्याच)
कुशल मल्ल १८ रन :७ बल ३ छक्का, (१६.४ ओभरमा आर्यन दक्तले पल भान मेकरेनबाट क्याच)
सोमपाल कामी अविजित २१ रन : १३ बल २ चौका १ छक्का
विनोद भण्डारी अविजित ७ रन : ७ बल
करण केसी १ रन २ बल (१७.१ ओभरमा बास डि लीडले आफ्नै बलमा क्याच)
आसिफ शेख ० रन ४ बल ( दोस्रो ओभरको अन्तिम बलमा भिभियन किंग्माले बेन कुपरबाट क्याच गराएका )
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।