कुशल बने लगातार तेस्रो टी-२० अन्तर्राष्ट्रिय अर्धशतक प्रहार गर्ने तेस्रो एसोसिएट खेलाडी

त्रिवि क्रिकेट मैदानमा जारी त्रिदेशीय टि-२० अन्तर्राष्ट्रिय सिरिजमा नेपाली ओपनर कुशल भुर्तेलले लगातार तेस्रो अर्धशतक प्रहार गरेका छन् ।

उनले मंगलबार नेदरल्यान्डविरुद्ध ४६ बलको सामना गर्दै ८ चौका र १ छक्काको मद्दतले ६२ रन बनाए । उनले पहिलो खेलमा नेदरल्यान्डविरुद्ध ६२ र दोस्रो खेलमा मलेसियाविरुद्ध अविजित ६१ रन बनाएका थिए ।

कुशल टि-२० अन्तर्राष्ट्रियमा लगातार तेस्रो अर्धशतक प्रहार गर्ने पहिलो नेपाली र तेस्रो एसोसिएट खेलाडी बने ।

यसअघि युएईका साइमन अनवर र क्यानडाका आर्यन कुमारले लगातार तेस्रो टि-२० अर्धशतक प्रहार गरेका थिए । 

अनवरले अफगानिस्तानविरुद्ध ६०, ५६ र ५२ रनको पारी खेल्दै र आर्यनले जर्सी विरुद्ध ८३, नाइजेरियाविरुद्ध अविजित ५७ र आयरल्यान्डविरुद्ध ५३ रनको पारी खेल्दै  टि-२० अन्तर्राष्ट्रियमा लगातार तेस्रो अर्धशतक प्रहार गरेका थिए ।





  • प्रकाशित मिति : बैशाख ७, २०७८ मंगलबार १५:८:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया