माओवादी स्थायी कमिटी बैठक सकियो, सरकारको समर्थन फिर्ता लिएन

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सकिएको छ । मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठक केहीबेर अघिमात्र सकिएको हो । 

आजको बैठकमा सरकारलाई दिएको समर्थन फिर्ताबारे केही निर्णय लिनेबारे छलफल हुने बताइएको थियो । तर, बैठकले समर्थन फिर्ताबारेको कुनै ठोस निर्णय भने गरेको छैन् । बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले त्यसबारे छलफल भएको र निर्णय नभइसकेको बताए ।
सरकारलाई दिँदै आएको समर्थन फिर्ताबारे यसअघि पनि छलफल हुँदै आएको थियो । सरकारको विरोध गरिरहने तर समर्थन फिर्ता भने नलिने भन्दै माओवादी केन्द्रको आलोचना हुँदै आएको छ । 

बैठक भोलि पनि बस्ने श्रेष्ठले जानकारी दिए । भोलि बस्ने बैठकले समर्थन फिर्ताबारेको निर्णय लिने पनि उनले बताए । आजको बैठकमा समर्थन फिर्ताबारे छलफल भएपनि निर्णय भने नभएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
 





  • प्रकाशित मिति : बैशाख ७, २०७८ मंगलबार १६:५९:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया