माओवादीका मुख्यमन्त्रीलाई भोट हालेकी वलीले भनिन् : झुक्किएर गल्ती गरेँ, एमालेमै छु

कर्णाली प्रदेशमा माओवादी केन्द्रबाट निर्वाचित मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई जोगाउन मत हालेर सच्याएकी एमाले सांसद देवी वलीले आफू एकताकै पक्षमा रहेको बताएकी छन्। एमालेको ह्विप उलंघन गर्दै माओवादीको मुख्यमन्त्रीलाई विश्वासको मत दिएपछि सोधिएको स्पष्टीकरणको जवाफ पठाउँदै उनले यसो भनेकी हुन्। 

वलीले कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीको पक्ष र विपक्षमा भएको मतदानका क्रममा झुक्किए पार्टीको ह्विप उलंघन गर्न पुगेको पनि बताएकी छन्। गत शुक्रबार भएको मतदानका क्रममा सुरुमा मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएकी उनले सभामुखले दिएको समयमा सच्याएकी थिइन्। शाहीलाई एमालेका चार सांसदले फ्लोर क्रस गरेको मत दिएर बहुमत पुगेको थाहा पाएपछि वलीले आफ्नो मत सच्याएकी थिइन्।

'मतदानका लागि उभिने क्रममा म झुक्किएर विश्वासको मतको पक्षको लाइनमा उभिन पुगेछु', उनले भनेकी छन्, 'थाहा पाउनेबित्तिकै फर्किएर मुख्यमन्त्री शाहीको प्रस्तावका विपक्षमा हाम्रो पार्टी एमालेको प्रदेश संसदीय दलको बैठकको निर्णय र ह्वीप (निर्देशनानुसार नै मतदान गरेको स्पष्ट गर्दछु।'

उनले यसको प्रमाण रेकर्ड संसद् सचिवालयमा रहेको पनि बताएकी छन्। वलीले आफू एमालेमै रहेको बताउँदै कतै नगएको पनि बताएकी छन्। वलीले आफू एमाले संसदीय दलको ह्वीपको पक्षमा रहेको बताएकी छन्। शाहीलाई मत दिएर सच्याएपछि एमालेले उनलाई स्पष्टीकरण सोधेको थियो।





  • प्रकाशित मिति : बैशाख ७, २०७८ मंगलबार १७:५३:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया