सातवटा विधेयक पारित गर्दै सुदूरपश्चिम प्रदेशसभाको सातौँ अधिवेशन अन्त्य

सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व फेरिने चर्चा चलिरहेका वेला प्रदेशसभाको सातौँ अधिवेशन अन्त्य भएको छ ।

मंगलबार बसेको प्रदेश सभाको २१औँ बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट आएको पत्र पढेर सभामुखले आज राति १२ बजेदेखि अधिवेशन अन्त्य भएको जानकारी गराए ।

सभामा सभामुख थापाले संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश सभाको चालू अधिवेशन ०७८ साल वैशाख ७ गते रातको १२ बजेदेखि अन्त्य गरेको पत्र पढी सभामा जानकारी गराएका हुन् ।

१७ घण्टा १८ मिनेटसम्म सञ्चालन भएको अधिवेशनमा २१ वटा बैठक सम्पन्न गरेको छ । सातौँ अधिवेशनमा विशेष समय आठपटक र शून्य समय दुईपटक सञ्चालन भएको जनाएको छ ।

०७७ माघ २६ गतेबाट सुरु भएको सातौँ अधिवेशनबाट सातवटा विधेयक पारित गरेको छ भने चारवटा विधेयक विचाराधीन अवस्थामा छन् ।

अधिवेशनबाट प्रदेश बालबालिकासम्बन्धी व्यवस्था गर्न बनेको विधेयक २०७६, सुदूरपश्चिम प्रदेशको बीऊबिजनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक २०७६, सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ पारित गरेको छ ।



यस्तै, सुदूरपश्चिम प्रदेश दुग्ध विकास बोर्डको स्थापना र व्यवस्था गर्न बनेको विधेयक, प्रदेश लोकसेवा आयोग ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक, सुदूरपश्चिम प्रदेश प्रदेश आर्थिक कार्यविधि ऐन २०७४ लाई संशोधन गर्न बनेको विधेयक, सुदूरपश्चिम प्रदेशको राष्ट्रिय वन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ ।

सातौँ अधिवेशनमा प्रदेशको पशु व्यवस्था तथा पशु सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, दलित सशक्तीकरण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, पर्यटन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र वातावरण संरक्षण अध्यादेश २०७७ लाई प्रतिस्थापन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक विचाराधीन अवस्थामा प्रदेशसभा सचिवालयले जनाएको छ ।



  • प्रकाशित मिति : बैशाख ७, २०७८ मंगलबार १७:५८:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया