काठमाडौं : सत्तारुढ नेकपा एमालेनिकट नेपाल खेलकुद महासंघले राष्ट्रिय भेला गरेर नयाँ नेतृत्व छानेको छ।
महासंघले मंगलबार काठमाडौंको राष्ट्रिय सभागृहमा गरेको पहिलो भेलाले रमेश पौडेललाई संयोजकमा चयन गरेको हो। एक महिनाअघि युवा संघ नेपालबाट बिदा भएकाले खेलकुद महासंघ सम्हालेका हुन्।
भेलाले वरिष्ठ उपाध्यक्षमा परशुराम बस्नेत, उपाध्यक्षमा प्रभातजंग कटुवाल, एकेन्द्र कुँवर, गोविन्द भट्टराई, ध्रुव आचार्य लगायत १२ जनालाई चुनेको छ। यस्तै महासचिवमा मेघराज पौडेल चुनिएका छन् । सचिवमा बासु नेपाल, सन्तोष बान्तावा लगायत ७ जना छानिएका छन्।
भेलाले महासंघको केन्द्रीय कमिटी सदस्यमा ५५१ जनालाई चयन गरेको छ। उक्त कमिटी पत्रकार सम्मेलन गरेर घोषणा गरिने वरिष्ठ उपाध्यक्ष बस्नेतले बताए।
उनले सातै प्रदेश र सबै पालिकाहरुमा कमिटी बनाइने जानकारी दिँदै नेकपा एमालेको पक्षमा जनलहर ल्याउन संगठन विस्तार र सुदृढीकरण अभियान थालिने उल्लेख गरे।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।