नेपालमा रूसी खाेप 'स्पुतनिक-भी’लाई आपतकालीन अनुमति

नेपालले रुसमा विकास गरिएको कोभिड-१९ विरुद्धको खोप ‘स्पुतनिक-भी’लाई आपतकालिन प्रयोगको लागि अनुमति दिएको छ ।

औषधी व्यवस्था विभागले मंगलबार रुसी खोपलाई सर्तसहित अनुमति दिएको हो ।

गत जनवरीमा नेपालले खोप अभियान सुरु गरेकाे थियाे। तर भारतले सर्तअनुसार पर्याप्त खोप आपूर्ति नगर्दा अभियान प्रभावित बनेको छ ।

‘रुसी खोपलाई सर्तसहित आपतकालीन प्रयोगको अनुमति दिएका छौं,’ विभागका प्रवक्ता सन्तोष केसीले भनेका छन्। नेपालमा अहिले भारतीय र चिनियाँ खाेप प्रयाेगमा छन्। तर पर्याप्त खाेप अभावमा सरकारले समस्या भाेगिरहेकाे छ। 





  • प्रकाशित मिति : बैशाख ७, २०७८ मंगलबार २३:१९:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया