तोलामा १३ सय रुपैयाँले बढ्यो सुनको मूल्य

नेपाली बजारमा सुनचाँदीको मूल्य ह्वात्तै बढेको छ । आज नेपाली बजारमा सुनको मूल्य तोलामै १ हजार ३०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

आज नेपाली बजारमा छापावाला सुनको मूल्य १ हजार ३०० रुपैयाँले बढेर प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । 

यस्तै तेजाबी सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

चाँदीको मूल्य पनि आज तोलामा १० रुपैयाँले बढेको छ । आज नेपाली बजारमा चाँदी प्रतितोला १ हजार ३१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 





  • प्रकाशित मिति : बैशाख ८, २०७८ बुधबार १२:३२:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया