नेपाल र उत्तराखण्डबीचको सिरिज स्थगित
फरकधार / ८ बैशाख, २०७८

नेपाली राष्ट्रिय महिला क्रिकेट टिम र भारतको उत्तराखण्ड महिला टिमबीच अप्रिलको तेस्रो सातादेखि हुने भनिएको मैत्रीपूर्ण टि-२० र एकदिवसीय सिरिज स्थगित भएको छ ।



नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार एक विज्ञप्ति निकाल्दै बढ्दो कारोना महामारीका कारण भारतीय क्रिकेट बोर्ड र राज्य सरकारले अनुमति नदिँदा उत्तराखण्डको टोलीले खेल्न नसक्ने बताएकाले सिरिज स्थगित भएको जानकारी दिएको हो ।

क्यानको शुक्रबार बसेको कार्यसमितिको बैठकले नेपाली राष्ट्रिय महिला टोली र उत्तराखण्डको महिला टोलीबीच टि-२० र एकदिवसीय सिरिज गराउने निर्णय गरेको थियो ।
 



  • प्रकाशित मिति : बैशाख ८, २०७८ बुधबार १३:१५:३,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया