सुदीप भण्डारीको ‘सोची हेरन’ सार्वजनिक

गायक सुदीप भण्डारीले नयाँ म्युजिक भिडियो ‘सोची हेरन’ सार्वजनिक गरेका छन्।  

प्रेम, त्याग र मिलनको कथा समेटिएको यस गीतलाई चर्चित गीतकार डिपी खनालले लेखेका हुन् ।  शंकर थापा ‘स्माइल’ले संगीतबद्ध गरेको यस गीतमा सन्देश रुचालको संगीत संयोजन रहेको छ।

म्युजिक भिडियोमा बाध्यता र सामाजिक जिम्मेवारी भित्रको प्रेम कथा समेटिएको छ ।  भिडियोमा विकास लामिछाने र सिर्जना जिसी फिचर्ड छन् ।  अनिल कुमार मानन्धरको छायाङ्कन तथा दिन्सन शाहले  सम्पादन गरेको यस  भिडियोलाई  सुरेन्द्र मल्ल ठकुरीले निर्देशनमा तयार पारिएको हो ।  

डस म्युजिक नेपालको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो ।

 





  • प्रकाशित मिति : बैशाख ८, २०७८ बुधबार १४:९:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया