विष्णु रिजालको टिप्पणी : माओवादीको निर्णयले वैकल्पिक सरकार नबन्ने स्पष्ट

नेकपा एमालेका नेता विष्णु रिजालले अहिलेको संसदबाट प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्पमा सरकार नबन्ने अवस्था देखिएको बताएका छन् । 

सामाजिक सञ्जालमार्फत नेता रिजालले नेकपा माओवादी केन्द्रको निर्णयले अहिले संसदबाट अर्को सरकार बन्ने अवस्था नरहेको प्रष्ट पारेको बताएका छन् । 

माओवादीको बुधबार बसेको स्थायी समिति बैठकले ‘सरकारलाई दिएको समर्थन फिर्ता लिने जिम्मा’ अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिने निर्णय गरेपछि रिजालले यस्तो टिप्पणी गरेका हुन् । 

रिजालले लेखेका छन्, 'मैले नबुझेको- वस्तुतः यो निर्णय हो कि अनिर्णय ? जब सरकारको घोर विरोध गरिरहेको पार्टीले नै समर्थन फिर्ता लिन सक्दैन भने यही संसदबाट वैकल्पिक सरकार बन्छ कि बन्दैन भन्ने प्रस्ट हुँदैन र ?'

नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठकले ‘सरकारलाई दिएको समर्थन फिर्ता लिने जिम्मा’अध्यक्ष पुष्पकमल दाहाल...

Posted by Bishnu Rijal on Wednesday, April 21, 2021

 



 



  • प्रकाशित मिति : बैशाख ८, २०७८ बुधबार १६:२२:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया