त्रिदेशीय टि-२० अन्तर्राष्ट्रिय सिरिज : नेदरल्यान्ड र मलेसिया बराबरीमा रोकिए

त्रिदेशीय टि-२० अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत बुधबार वर्षाले प्रभावित खेलमा नेदरल्यान्ड र मलेसिया बराबरीमा रोकिएका छन् । बराबरीसँगै दुवै टोलीले १-१ अंक बाँडेका छन् । 

यो नतिजासँगै सिरिजको उपाधिका लागि शनिबार नेपाल र नेदरल्यान्ड भिड्ने पक्का भएको छ ।

वर्षाका कारण १३ ओभरमा झारिएको खेलमा डकवर्थ एन्ड लेविस पद्धतिका आधारमा मलेसियाले १२० रनको लक्ष्य पाएको थियो ।

लक्ष्य पछ्याउने क्रममा मलेसियाले ६ ओरभमा कुनै पनि विकेट नगुमाई ५६ रन बनाएको अवस्थामा वर्षाका कारण पुनः खेल रोकियो । 

फेरि सुरु भएको खेलमा मलेसियाले १० ओभरमा ९२ रनको नयाँ लक्ष्य प्राप्त गर्‍यो ।

नयाँ लक्ष्य पछ्याउने क्रममा मलेसियाले निर्धारित १० ओभरमा ४ विकेट गुमाएर ९१ रन नै बनाएपछि खेल बराबरीमा सकिएको हो ।



मलेसियाका साद अजिजले सर्वाधिक ३०, अन्वर अरुदिनले २३ र विरनदिप सिंहले १४ रनको योगदान दिए ।

नेदरल्यान्डका सेबिस्टियन ब्राटले २, भिभियन किंग्मा र बास डि लिडले समान १-१ विकेट लिए ।



त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेदरल्यान्डले निर्धारित १३ ओभरमा ४ विकेट गुमाउँदै १०७ रनको योगफल तयार पारेको थियो ।

नेदरल्यान्डले १०.२ ओभरमा ३ विकेट गुमाएर ६८ रन बनाएको अवस्थामा वर्षका कारण खेल रोकिएको थियो । करिब डेढ घन्टा रोकिएपछि सुरु भएको खेललाई १३ ओभरमा झारिएको हो । 

नेदरल्यान्डका बेन कुपरले अर्धशतकीय पारी खेले । ५४ रनमा अविजित रहेका उनले ३२ बलमा ७ चौका र १ छक्का प्रहार गरे । 

कप्तान पिटर सिलारले ३७ र एन्टेनियस सटलले अविजित १० रनको योगदान दिए । 

मलेसियाका मोहम्मद वाफिकले २, पवनदिप सिंह र विरनदिप सिंहले समान १-१ विकेट लिए । 

मलेसियाले पहिलो खेलमा नेदरल्यान्ड १५ रन र दोस्रो खेलमा नेपालसँग ९ विकेटको पराजय बेहोरेको थियो । 

पहिलो खेलमा नेपालसँग ९ विकेटको हार बेहोरेको नेदरल्यान्डले दोस्रो खेलमा मलेसियालाई १५ रन र तेस्रो खेलमा नेपाललाई ३ विकेटले हराएको थियो । 

समूह चरणको अन्तिम खेलमा बिहीबार नेपाल र मलेसियाले प्रतिस्पर्धा गर्नेछन् ।

  • प्रकाशित मिति : बैशाख ८, २०७८ बुधबार १६:४८:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया