परीक्षण गरिएका २६ प्रतिशतमा कोरोना संक्रमण

नेपालमा पछिल्लो २४ घन्टामा मात्र २ हजार ३ सय ५१ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । ८ हजार ८ सय ८४ पिसिआर परीक्षण गर्दा यो संक्रमित संख्या देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार आज थपिएका १ सय ३१ संक्रमित एन्टिजेन परीक्षणबाट कोरोनाभाइरस संक्रमित भएको बुझिएको हो । 

नेपालमा पछिल्ला दिन २४ घन्टामा नै संक्रमित बढी थपिन थालेपछि कोरोना संक्रमणको दोस्रो छाल आएको बताउन थालिएको छ । 

नेपालको जस्तै छिमेकी देश भारतमा पनि यो संख्या दैनिक बढ्दो छ र दोस्रो छाल गम्भीर भएको अनुमान गर्न थालिएको छ ।

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा मात्र १ हजार ५१ जना संक्रमित थपिएका छन् । काठमाडौंमा ७ सय ८६, ललितपुरमा १ सय ८१ र भक्तपुरमा ८४ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।





  • प्रकाशित मिति : बैशाख ८, २०७८ बुधबार १६:४९:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया