प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीको कारबाहीबाट जोगाउन माग गर्दै सर्वोच्च अदालत पुगेका माधवकुमार नेपाल समूहको रिट सर्वोच्च अदालतमा दर्ता हुन सकेन ।
ओलीले राजनीतिक दलसम्बन्धी ऐनविपरीत आफूहरुलाई पदमुक्त गर्न खोजिएको भन्दै एमालेको नेपाल समूह अदालत पुगेको हो । तर, समयअभावको कारण देखाउँदै अदालतले उनीहरुको रिट दर्ता नगरेको हो ।
एमाले अध्यक्ष एवं संसदीय दलका नेता ओलीले माधवकुमार नेपालसहित २७ प्रतिनिधिसभा सदस्यलाई सांसद पदबाट किन पदमुक्त नगर्ने ? भनेर मंगलबार स्पष्टीकरण सोधेका थिए ।
स्पष्टीकरण सोधेको भोलिपल्ट नेपाल समूह ‘राजनीतिक दलसम्बन्धी ऐन विपरित सांसद सदस्यबाट निकाल्न खोजेकाले रोकिपाऊँ’ भन्ने माग गर्दै अदालत गएको थियो ।
नेपाल समूह दिउँसो ३ बजे अदालत पुगेको थियो । कर्मचारीले नभ्याउने भनेर दर्ता नगरेको नेपाल पक्षबाट मुद्दा दर्ता गर्न गएका अधिवक्ता टीकाराम भट्टराईले जानकारी गराएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।