logo-img

केपी ओली र माधव नेपालबीच होटल मेरियटमा वार्ता

काठमाडौं : सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आकस्मिक वार्ता सुरु भएको छ। दुईजना नेताबीच नागपोखरीस्थित होटल मेरियटमा केही बेरअघि वार्ता सुरु भएको हो।

प्रधानमन्त्रीसमेत रहेका ओलीका एकजना सल्लाहकारका अनुसार केही बेरअघिबाट दुई नेताबीच वार्ता सुरु भएको हो। उक्त वार्तामा अर्थमन्त्री विष्णुप्रसाद पौडेल पनि सहभागी भएका छन्। 

'एमालेलाई बचाउने अन्तिम प्रयास भइरहेको छ', प्रधानमन्त्रीका ती सल्लाहकारले फरकधारलाई भने, 'पार्टी बचाउने प्रयासस्वरुप प्रधानमन्त्रीले अग्रसरता लिनु भएको हो।'



बुधबार दिउँसो मात्रै पार्टीको एकता बचाइ राख्न आग्रह गर्दै एमाले नेता योगेशकुमार भट्टराई बालुवाटार छिरेका थिए। उनले त्यहाँ ओलीलाई पार्टी अध्यक्षका हैसियतले एकता बचाइराख्ने प्रयास थाल्न आग्रह गरेका थिए। 

उनले त्यसक्रममा तत्कालै वरिष्ठ नेताहरु माधवकुमार नेपाल र झलनाथ खनालसँग सम्वाद अघि बढाउन पनि ओलीलाई आग्रह गरेका थिए। ‌ओलीले योगेशलाई आफू कुनै नेतालाई निषेध गरेर जाने पक्षमा नरहेको  बताउँदै सकेसम्म सबै नेताहरुसँग सम्वाद गरिरहेको पनि उल्लेख गरेका थिए।





  • प्रकाशित मिति : वैशाख ८, २०७८ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया