२४ घन्टामा कति महिला, कति पुरुष, कुन उमेर समूहका संक्रमित ?

नेपालमा पछिल्लो २४ घन्टामा पिसिआर परीक्षण गर्दा २२२० जनामा संक्रमण देखिएको छ । यीमध्ये १ हजार २ सय ९७ जना पुरुष रहेका छन् । 

त्यस्तै, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार यही समयमा ९ सय २३ जना महिलामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो । 

यो समयमा सबैभन्दा बढी कोरोनाभाइरस संक्रमण ३० देखि ३९ वर्षको उमेर समूहमा देखिएको छ । दोस्रो उमेर समूह जसमा सबैभन्दा बढी कोरोना संक्रमण भएको छ, त्यसमा २० देखि २९ वर्षका रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३० देखि ३९ वर्षका ५ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अनि २० देखि २९ वर्षका उमेरमा ५ सय ४८ जनामा कोरोना संक्रमण देखिएको छ ।

यो २४ घन्टामा १९ वर्षमुनिका २ सय ७६ जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ ।

४० वर्षमाथिका र ४९ वर्ष मुनिका व्यक्तिहरु ३ सय ५६ जनामा कोरोना संक्रमण यो समयमा देखिएको छ । यही समयमा ८० जनाभन्दा बढीका ४८ जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ ।





  • प्रकाशित मिति : बैशाख ८, २०७८ बुधबार १७:५५:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया