युएन प्रतिनिधि भन्छन्, 'म्यानमारमा  सैन्य 'कू'पछि साढे २ लाख मानिस विस्थापित'

म्यानमारमा सैन्य 'कू'पछि करिब साढे २ लाख मानिस विस्थापित भएको अनुमान गरिएको छ । गत फेब्रुअरी १ मा जननिर्वाचित सरकारलाई अपदस्थ गर्दै सेनाले शासन हातमा लिएपछि म्यानमारमा २ लाख ५० हजार भन्दा बढी विस्थापित भएका बताइएको छ । 

म्यानमारका लागि संयुक्त राष्ट्रसंघका विशेष प्रतिनिधिले बताएअनुसार सैन्य शासन लागु भएपछि भएको प्रदर्शन र सैन्य दमनका कारण विस्थापित हुनेको संख्या करिब २ लाख ५० हजार रहेको छ । 

विशेष प्रतिनिधि टोम एन्ड्रयुका अनुसार सैन्य शासनका विरुद्धमा भएको प्रदर्शनका क्रममा करिब २ लाख ५० हजार मानिस विस्थापित भएका हुन् । प्रदर्शनका क्रममा अहिलेसम्म कम्तिमा ७३७ जनाको ज्यान गइसकेको पनि उनले बताएका छन् । 

म्यानमारमा देखिएको मानवीय तथा प्रजातान्त्रिक संकटका विषयमा विश्व समुदायले तत्काल प्रतिक्रिया जनाउन आवश्यक रहेको पनि एन्ड्रयुले बताएका छन् । कहालीलाग्दो  प्रदर्शनका क्रममा म्यानमारमा कम्तिमा ३२ सय जना पक्राउ परेका पनि उनले बताएका छन् । 





  • प्रकाशित मिति : बैशाख ८, २०७८ बुधबार १७:५९:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया