केपी-माधवलाई वार्तामा राखेर मेरियटबाट निस्किए विष्णु पौडेल

नेकपा एमालेलाई फुटबाट जोगाउने अन्तिम प्रयास भइरहेको छ। यही प्रयासस्वरुप नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच अहिले नागपोखरीस्थित होटल मेरियटमा वार्ता जारी छ। 

करिब ४० मिनेटदेखि दुई नेताबीच वान टु वान वार्ता भइरहेको हो। प्रधानमन्त्री समेत रहेका ओली र वरिष्ठ नेता नेपाललाई वार्तामा राखेर अर्थमन्त्रीसमेत रहेका एमाले नेता पौडेल भने होटल मेरियटबाट निस्किएका छन्। 

यसअघि चैत २ गते एमाले केन्द्रीय कार्यालय धुम्बाराहीमा वार्तामा बसेयता दुई नेताबीच संवाद टुटेको थियो। दुवै नेताबीच पानी बाराबारको अवस्था रहेका बेला एकताको पक्षमा वातावरण बनाउँदै आएका नेता योगेश भट्टराई बुधबार दिउँसो बालुवाटार छिरेका थिए।

त्यहाँ उनले ओलीलाई माधव नेपाल र झलनाथ खनालसँग सम्वाद अघि बढाउन आग्रह गरेका थिए। त्यसपछि अध्यक्ष ओली र नेपालबीच मेरियटमा भेट्ने सहमति बनेको हो। 





  • प्रकाशित मिति : बैशाख ८, २०७८ बुधबार १९:०:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया