नेपाललाई ओलीको आग्रह : बल्खुको पार्टी कार्यालय भवन सँगै शिलान्यास गरौँ

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मदननगर बल्खुमा निर्माण गर्न लागिएको पार्टी कार्यालय शिलान्यास कार्यक्रममा सहभागी हुन वरिष्ठ नेता माधवकुमार नेपाललाई आग्रह गरेका छन्। 

बुधबार साँझ होटल मेरियटमा भएको करिब २ घण्टा लामो वार्ताका क्रममा बल्खुमा भूकम्पले भत्काएको भवन भएको ठाउँमा नयाँ भवन शिलान्यासमा सहभागी हुन नेता नेपाललाई आग्रह गरेका हुन्। 

नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर भोलि बिहीबार बल्खुमा पार्टी केन्द्रीय कार्यालयको शिलान्यास गर्ने निर्णय यसअघिको महाधिवेशन आयोजक कमिटी बैठकमा भएको थियो। 

नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसका अवसर पारेर पार्टी कार्यालय शिलान्यास गर्ने तयारी भएपछि आजको वार्तामा ओलीले उक्त कुरा नेपालसँग राखेका हुन्। उनले नेपाललाई पार्टीमै फर्किन आग्रह गर्दै पार्टी कार्यालय भवन शिलान्यास कार्यक्रममा पनि सहभागी हुन भनेका हुन्। 

एमालेले २०७२ देखि धुम्बाराहीमा भाडामा रहेको एमालेको पार्टी कार्यालय हाल थापाथलीमा सारेको छ। चक्रपथ विस्तारका क्रममा कार्यालयमा आउजाउ गर्न कठिन हुने भएकाले धुम्बाराहीस्थित पार्टी मुख्यालय थापाथलीमा सारिएको एमालेले जनाएको छ। तर अब बल्खुमै नयाँ पार्टी कार्यालय भवन एमालेले बनाउन लागेको हो। 





  • प्रकाशित मिति : बैशाख ८, २०७८ बुधबार २३:७:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया