logo-img

बल्खुमा एमाले केन्द्रीय कार्यालय शिलान्यास गर्दै प्रधानमन्त्री

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज बिहीबार बल्खुस्थित मदननगर पार्टी केन्द्रीय कार्यालय भवन शिलान्यास गर्दैछन्। 

प्रधानमन्त्री ओलीले आज बिहान ९ बजे बल्खुस्थित पार्टीको पुरानो कार्यालय परिसरमै नयाँ भवन निर्माण शिलान्यास गर्ने भएका हुन्। नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसका अवसरमा ओलीले केन्द्रीय कार्यालय भवन शिलान्यास गर्न लागेका हुन्। 

एमाले केन्द्रीय कार्यालय सचिव ईश्वरी रिजालका अनुसार एमालेको नाममा रहेको तीन रोपनी क्षेत्रफलमा फैलिएको उक्त जग्गामा नयाँ आधुनिक भवन निर्माण गर्न लागिएको हो।



२०७२ साल वैशाख ११ को गोरखा भूकम्पले बल्खुस्थित एमालेको पुरानो कार्यालय भत्किन पुगेको थियो। नेकपा एमाले महाधिवेशन आयोजक कमिटीको केही दिनअघिको बैठकले बल्खुमा पार्टी केन्द्रीय कार्यालयको नयाँ भवन बनाउने निर्णय लिएको थियो।

नेकपा एमालेले आजैदेखि थापाथली हाइटस्थित भाडाको भवन नयाँ पार्टी कार्यालय सञ्चालन गर्दैछ। प्रधानमन्त्री ओली बल्खुबाट फर्किएपछि बिहान ११ बजे थापाथलीस्थित नयाँ पार्टी कार्यालय जाने छन्। 



एमालेले २०७२ देखि धुम्बाराहीमा भाडामा रहेको एमालेको पार्टी कार्यालय हाल थापाथलीमा सारेको छ। 

चक्रपथ विस्तारका क्रममा कार्यालयमा आउजाउ गर्न कठिन हुने भएकाले धुम्बाराहीस्थित पार्टी मुख्यालय थापाथलीमा सारिएको एमालेले जनाएको छ। तर अब बल्खुमै नयाँ पार्टी कार्यालय भवन एमालेले बनाउन लागेको हो। 



  • प्रकाशित मिति : वैशाख ९, २०७८ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया