'एमाले सबैभन्दा कठिन अवस्थामा छ, विवेक प्रयोग गरौँ'

नेकपा एमालेका नेता योगेश कुमार भट्टराईले नेकपा एमाले इतिहासमै कठिन मोडमा रहेको बताएका छन्। नेपाल कम्युनिस्ट पार्टीको ७२ औ स्थापना दिवसका अवसरमा बिहीबार शुभकामना दिँदै उनले यस्तो बताएका हुन्। 

पछिल्लो समय एमाले विभाजन रोक्न सक्रिय रहेका भट्टराईकै पहलमा बुधबार राति अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच दुई घण्टा लामो वार्ता भएको थियो।

उनले नेपाली कम्युनिष्ट आन्दोलन लगातार एकता र विभाजनको श्रृखंला भोग्दै आएको पनि बताएका छन्। 'एकता र विभाजनको लामो श्रृङ्खला पार गरेको नेपालको कम्युनिस्ट आन्दोलन नेपाली समाजको लोकतान्त्रिक रुपान्तरणको अभिन्‍न पक्ष बन्‍न पुगेको छ', उनले भनेका छन्, 'यो आन्दोलनले आजसम्म भोगेका कठिन मोडहहरुमध्ये आज सबैभन्दा कठिन अवस्थामा रहेको छ।'

भट्टराईले एमालेको एकता जोगाउन पनि सबैलाई अपिल गरेका छन्। 'नेकपा एमालेको एकता जोगाउँदै कम्युनिस्ट आन्दोलनको रक्षा गर्न कम्युनिस्ट आन्दोलनका सबै नेता, कार्यकर्ता तथा शुभचिन्तकहरु गम्भीर बनौँ र विवेकसम्मत ढंगले अघि बढौँ', उनले भनेका छन्। 

त्यसक्रममा भट्टराईले संस्थापक नेताहरु पुष्पलाल, नरबहादुर कर्माचार्य, निरन्जनगोविन्द वैद्य, नारानविलास जोशी र मोतीदेवी श्रेष्ठ लगायतलाई पनि सम्झिएका छन्। 





  • प्रकाशित मिति : बैशाख ९, २०७८ बिहीबार ८:५९:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया