नेपालमा पछिल्लो २४ घन्टामा २ हजार ४ सयभन्दा धेरै कोरोनाभाइरस संक्रमित थपिएका छन् । यसले नेपालको अवस्था झन् भयवाह हुँदै गएको देखाउन थालेको छ ।
कोरोनाको यो दोस्रो वेभमा सबैभन्दा बढी संक्रमित भएका छन्, २० देखि २९ वर्ष उमेर समूहका ।
पछिल्लो २४ घन्टामा २० देखि २९ वर्षका युवाहरुमा सबैभन्दा बढी कोरोनाभाइरस संक्रमण भएको देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा ५ सय ७५ जना संक्रमित यो उमेर समूहका रहेका छन् ।
त्यस्तै, ३० देखि ३९ वर्षसम्मका पनि संक्रमितको संख्या बढ्दै गएको छ । स्वास्थ्य मन्त्रालयको जानकारीअनुसार आज २४ घन्टामा ५ सय ५५ जना यो उमेर समूहका संक्रमित देखिएका छन् ।
पछिल्ला दिनमा १९ वर्ष मुनिका बालबालिकामा पनि कोरोना संक्रमण बढ्दै गएको छ । ९ वर्ष मुनिका ५१ जना र १९ वर्ष मुनिका १ सय ८८ जनामा पछिल्लो २४ घन्टामा कोरोना संक्रमण देखिएको छ ।
त्यस्तै ९० वर्षभन्दा माथिका दुई जनामा कोरोनाभाइरस संक्रमण देखिएको बताइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।