नेपालमा कोरोनाभाइरसः कति जिल्ला छन् रेड जोनमा ?

नेपालमा कोरोनाभाइरसको दोस्रो लहर निकै गम्भीर बनिसकेको छ । केही दिन यता दैनिक २ हजारभन्दा बढी कोरोनाभाइरस संक्रमित थपिएका छन् । 

नेपालका केही जिल्लामा अब सक्रिय संक्रमित ५ सयभन्दा बढी हुन थालिसकेको छन् ।

नेपालमा कोरोनाभाइरसका सक्रिय संक्रमितको अवस्था हेरेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही जिल्लाहरुलाई रेड जोनमा राखेको छ । 

कोरोनाभाइरसका सक्रिय संक्रमितको संख्या २ सयभन्दा बढी भएका जिल्लाहरुलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रेड जोनमा राखेको छ ।

यसरी रेड जोनमा रहेका जिल्लाहरुको संख्या ११ छ ।

नेपालमा सबैभन्दा कम सक्रिय संक्रमितको संख्या रहेको जिल्ला चाहिँ डोल्पा हो । डोल्पामा अहिले सक्रिय संक्रमित २ जना मात्र रहेका छन् ।



काठमाडौंमा मात्र अहिले संक्रमितको संख्या ४ हजार ४ सय ५७ भन्दा बढी छ । 

त्यस्तै ललितपुर, बाँके र रुपन्देहीमा अहिले सक्रिय संक्रमितको संख्या ५ सयभन्दा बढी छ ।
 



  • प्रकाशित मिति : बैशाख ९, २०७८ बिहीबार १७:५६:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया